काठमाडौं । समाजवादी मोर्चाको बैठकले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई संयोजक बनाउने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा आज काठमाडौमा बसेको मोर्चाको बैठकले चन्दलाई ४ महिनाका लागि संयोजक तोकेको समाजवादी मोर्चाका सचिवालय सदस्य प्रमेस हमालले जानकारी दिनुभयो । मोर्चाको संयोजक आलोपालो गर्ने व्यबस्था अनुसार विपल्व अहिले संयोजक तोकिनुभएको हो ।
बैठकले वर्तमान राजनीतिक स्थितिको समिक्षा गर्दै विभिन्न कार्ययोजना बनाएर संघ, प्रदेश र स्थानीय तहमा कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
समाजबादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पाटी (जसपा), नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी गरी ४ सहभागी छन् ।
प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार ११ : ४१ बजे
प्रतिक्रिया