यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमालेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’: कहाँ कहाँ हुदैछन् सभाहरू ?

काठमाडौँ । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आजबाट सुरु हुँदै छ ।

गत कात्तिक २२ गते बसेको पार्टीको सचिवालय बैठकको निर्णय अनुसार आज बैतडीको झुलाघाटबाट समृद्धिका लागि सङ्कल्प यात्रा अभियानको आरम्भ हुनु लागेको हो  ।

अभियानको सुरुवात बैतडीको झुलाघाटमा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराएर थालनी गर्नुहुने छ। झुलाघाट–चिवाभन्ज्याङ सङ्कल्प यात्राका पार्टीका अध्यक्ष ओलीसहित एमालेका प्रमुख नेताहरूको टोली बैतडी पुग्नुभएको छ। 

 बैतडीबाट सुरु गरिने सङ्कल्प यात्रा ३ हप्तापछि पाँचथर जिल्लाको चिवाभन्ज्याङ पुगेर सम्पन्न गरिनेछ । उक्त यात्रामा पार्टीको प्रमुख नेताहरूका साथै जन वर्गीय सङ्गठनका अध्यक्षहरू सहभागी रहनुभएको छ । 

एमालेले अभियानका क्रममा १४ भन्दा बढी ठाउँमा कोणसभा र दर्जनौँ स्थानमा भेटघाट, अन्तरक्रिया र जनतासँग प्रत्यक्ष संवाद गर्नेछ । त्यस क्रममा एमालेले जनताका गुनासा,अपेक्षा सुन्ने र समाधानको प्रयास गर्ने जनाइएको छ ।

१. बैतडी– गोठालापानी
२.डडेलधुरा –अमरगढी
३.अछाम –मंगलसेन
४. दैलेख– राकम
५.सुर्खेत –सुर्खेत बजार
६.रुकुमकोट –वामी टक्सार
७. पर्वत –कुश्मा
८.गोरखा –सुन्दरबजार
९.नुवाकोट –विदुर
१०.काभ्रेपलाञ्चोक –मण्डन
११.दोलखा –चरिकोट
१२.ओखलढुङ्गा –हर्कपुर
१३.तेह्रथुम –वसन्तपुर
१४.पाँचथर– फिदिम

नेताहरू को कहाँ खटिँदै छन् ?
​​​​​​​गत मङ्सिर ६ गते बसेको केन्द्रीय कमिटी बैठकले अभियानको कार्य योजना पारित गरेको छ । यात्रामा अध्यक्ष ओलीको नेतृत्वमा पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष प्रमुखहरू, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटी सदस्य र तोकिएका व्यक्ति टोलीमा रहनेछन् ।

एमाले प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अभियानका क्रममा नेताहरूका सवारीसाधनका अतिरिक्त चार वटा विशेष टिम हुनेछ । जसमा एम्बुलेन्ससहितको मेडिकल टिम, सवारीसाधन मर्मत सम्भार गर्ने मेकानिकल टिम, केन्द्रीय प्रचार टिमका साथै न्यूनतम २० जना दक्ष स्वयंसेवकका लागि चार वटा गाडी सहभागी हुनेछन् । अभियानमा सहभागी सबै केन्द्रीय नेताहरूले सवारीसाधनको इन्धनको प्रबन्ध आफैँले गर्नुपर्नेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ८ : ५९ बजे