यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

कांग्रेस सभापति देउवाकाे गाउँमा अध्यक्ष ओली (तस्वीरहरू)

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली ‘झुलाघाट-चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ अभियानको उद्घाटन गर्ने कार्यक्रमका लागि बैतडीको झुलाघाटतर्फ लाग्नुभएको छ।

भोलि बैतडीको झुलाघाटबाट सुरु हुन लागेको नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा शुभारम्भ गर्न अध्यक्ष ओलीसहित अन्य नेताहरु धनगढीबाट त्यस तर्फ लाग्नुभएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरु गोकर्ण विष्ट, लेखराज भट्ट, पद्मा अर्याल, रघुवीर महासेठ, स्थायी कमिटी सदस्यहरु भानुभक्त ढकाल, डाक्टर राजन भट्टराईसहितको टोली मध्यपहाडी (पुष्पलाल) राजमार्गको उद्घाटन गर्न आज धनगढीबाट बैतडीतर्फ लागेको एमाले उपमहासचिव विष्णु रिमालले बताउनुभयो।

झुलाघाट जाने क्रममा गन्यापधुरा, साहुखर्क, डडेलधुरामा ५० वर्षदैखि आगो ननिभेको बाजेको खीर पसलमा अध्यक्ष ओलीसहितका नेताहरुले चिया, खीर र खुवा खाएका यात्रामा सहभागी नेता रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ५ : १७ बजे