यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमाले कर्णालीलाई केन्द्रको निर्देशन : उपसचिवमा पद्मा खड्कालाई बहाल गर्नु 

​​​​​​​सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा निर्वाचित गरेका उपसचिवलाई हटाएर पार्टी केन्द्रले नयाँ उपसचिव चयन गरेको छ ।

असोज १० देखि १५ गतेसम्म सुर्खेतमा भएको प्रदेश अधिवेशनको पदाधिकारी चयन समावेशी नभएको भन्दै असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालयमा उजुरी हालेको थियो । उक्त उजुरीमा सुनुवाइ गर्दै पार्टी सचिवालयको २२ कात्तिकको बैठकले अधिवेशनकी उपविजेता पद्मा खड्कालाई उपसचिव पदमा कायम गरेको हो । 

पार्टी महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेश कमिटीका अध्यक्षलाई एक पत्र लेख्दै खड्कालाई बहाल गराउन निर्देशन दिनुभएको छ । महासचिव पोखरेलले निर्देशन गरेको पत्रमा भनिएको छ ‘कर्णाली प्रदेश अधिवेशनमा पदाधिकारीमा महिला आरक्षण नगरिएकोमा उपसचिव पदमा महिला कोटा हुनुपर्ने दाबीसहितको निवेदनलाई समेत ध्यानमा राखी विजयी पुरुष उम्मेदवारमध्ये दोस्रो मत ल्याउने रमेश शाहीका स्थानमा महिला उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने पद्मा खड्कालाई उपसचिवमा बहाल गर्ने ।’

पोखरेलले जारी गरेको पत्रमा हाल कायम रहेका उपसचिव रमेश शाहीलाई प्रदेश कमिटीमा मनोनीत गर्न निर्देशन दिनुभएको छ । 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ८ : ०६ बजे