यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

कोसी प्रदेशसभा बैठक बस्दै, बजेट प्रतिस्थापन विधेयक पेस गर्ने तयारी

विराटनगर ।  कोसी प्रदेश सभाको बैठक आज बस्दै छ । 

आज दिउँसो १ः०० बजे बस्ने बैठकमा कोसी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गर्ने तयारी छ ।

प्रदेशसभा सचिवालयका अनुसार सरकारले विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस हुन लागेको हो ।

कोसी प्रदेशसभाको बैठकमा आज कोसी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गर्ने दैनिक कार्यसूचीमा उल्लेख छ ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते चालू आर्थिक वर्षका लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याउनुभएको थियो । उक्त अध्यादेशबाट ल्याइएको ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बजेटको प्रतिस्थापन विधेयक पेस नभएपछि दोस्रो पटक मुख्यमन्त्री बन्नुभएका कार्कीले २४ भदौमा पुनः प्रतिस्थापन विधेयक ल्याउनुभएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १० : ११ बजे