यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

बर्दियाको गुलरियामा एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गए राति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिंह बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो । आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

आगलागीको कारण नखुलेको र त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ७ : ५२ बजे