यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सबै राजनीतिक दलले संविधान कार्यान्वयनलाई जोड दिनुपर्छ : उपाध्यक्ष शाक्य

​​​​​​​काठमाडौँ ।  नेकपा(एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक दलले संविधान कार्यान्वयनलाई जोड दिनुपर्ने बताउनुभएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुक्रवार आयोजित ‘राजनीतिको महिलाकरण’ विषयक अन्तरक्रियामा उहाँले सबै राजनीतिक दल संविधान कार्यान्वयनमा एकजुट हुनुपर्ने बताउनुभयो । 

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै दल मिलेर अघि बढ्नुको विकल्प छैन,”– उहाँले भन्नुभयो “संविधानको प्रभावकारी कार्यान्वयनको बाटोबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काममा सबै दल मिल्नैपर्छ ।”

नेकपा एमालेका स्थायी समिति सदस्य बिन्दा पाण्डेले संविधानमा व्यवस्था भएको समावेशी प्रतिनिधित्वको सवालमा महिला आफैँ स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले लिङ्ग भेदको अन्त्य गर्ने कामको सुरुवात आफ्नै घरबाट गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : ५९ बजे