काठमाडौँमा आज युवा सङ्घ र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानको छुट्टाछुट्टै प्रदर्शन

काठमाडौँ । काठमाडौँका दुई स्थानमा आज दुई वटा समूहका छुट्टाछुट्टै कार्यक्रम हुँदै छन् ।

नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् ।  

युवा सङ्घले काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्दैछ भने दुर्गा प्रसाईँको नेतृत्वमा काठमाडौँको बल्खुमा प्रदर्शन हुँदैछ । 

विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रम स्थल पुग्ने दुवै पक्षको तयारी छ ।  

जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँबानेश्वरलगायत स्थानमा प्रदर्शन गर्न रोक लगाएपछि तीनकुने र बल्खुमा प्रदर्शन हुन लागेको हो ।  

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ७ : ४१ बजे