कतारका विदेश राज्यमन्त्री आज काठमाडौँ आउँदै

काठमाडौँ । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीस नेपालको दुई दिने औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै हुनुहुन्छ ।

भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एन पी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले  जनाएको छ ।

विदेश राज्यमन्त्री अल मुरैखीसले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । 

राज्यमन्त्री अल–मुरैखीस भ्रमण सम्पन्न गरी शुक्रवार काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ७ : ३५ बजे