एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ः०० बजे बस्ने बैठकमा ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

पार्टीले यही मङ्सिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट सुरु गर्दै छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : ५६ बजे