भूकम्पपछिको पुनःनिर्माणका लागि एमाले बाँकेले पठायो स्वयंसेवक टोली

​​​​​​​नेपालगञ्ज। नेकपा एमाले बाँकेले भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोगार्थ २० जनाको स्वयंसेवक टोली पठाएको छ ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा पुनःनिर्माणमा सहयोग गर्ने उद्देश्यले आज २० जना स्वयंसेवक पठाइएको हो । नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य राम थापाको नेतृत्वमा स्वयंसेवक टोली रुकुम  पश्चिम पठाइएको अध्यक्ष किष्मतकुमार कक्षपतिले बताउनुभयो ।

स्वयंसेवक टोलीलाई एमाले केन्द्रिय सदस्य एवम् सांसद दीपा शर्मा, अध्यक्ष कक्षपति लगायतले विदाई गर्नुभएको थियो । एमाले बाँकेले भूकम्प लगत्तै जाजरकोट र रुकुम पश्चिम पुगेर राहत सामग्री वितरण गरेको थियो । करिब ८ लाख मूल्य बराबरको राहत सामग्री पठाइएको थियो ।  

 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  २ : ०० बजे