प्राविधिक प्रहरीतर्फ नयाँ भर्नाका लागि दरखास्त आव्हान

काठमाडौं ।    नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न जम्मा १ सय २८ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।

नयाँ भर्नाका लागि दरखास्त आव्हानमध्ये ईन्जिनियरिङतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि ६ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १८ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ३९ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । यसैगरी स्वास्थ्यतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि २९ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १७ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि १५ जना, केनाईनतर्फ प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ३ जना र हातहतियारतर्फ प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि १ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । 

दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । 

ईन्जिनियरिङतर्फ दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय, सूचना प्रविधि निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय र सवारी महाशाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ । यसैगरी स्वास्थ्यतर्फ नेपाल प्रहरी अस्पताल महाराजगंज, केनाईनतर्फ नेपाल प्रहरी केनाईन कार्यालय सामाखुसी र हातहतियारतर्फ नेपाल प्रहरी प्रधान कार्यालय हातहतियार मर्मत शाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ । साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरूमा अनलाईन दरखास्त संकलन तथा दर्ता गर्न सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म अनलाइन प्रणालीमार्फत कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सक्नेछन् ।
दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ । 

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ३ : ५३ बजे