शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न संयुक्त राष्ट्रसंघ तयार छः महासचिव गुटेरेस

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बाँकी रहेको शान्ति प्रक्रियाको काम पूरा गर्न संयुक्त राष्ट्रसंघले नेपाललाई सघाउन तयार रहेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको दुई पक्षीय भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा महासचिव गुटरेसले उक्त प्रतिबद्धता जाहेर गरेका हुन्। 

त्यसअघि प्रधानमन्त्रीसँगको भेटवार्तामा प्रचण्डले महासचिव गुटरेसँसँग संक्रमणकालीन न्यायको पाटो बाँकी रहेको शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न उनीसमक्ष आग्रह गरेका थिए। 

महासचिव गुटरेसले सो काम पूरा गर्न संयुक्त राष्ट्रसंघले तीन वटा आधार लिने पनि बताएका छन्। 

उनले भने, ‘संक्रमणकालीन न्यायले पीडित परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ। संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार छ।’

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ५ : १२ बजे