तीन दशकदेखि दसैँ तिहारमा पनि टिका लगाउँदैनन् अग्नी सापकोटा

काठमाडौं । पूर्वसभामुख एवम् माओवादी केन्द्रका प्रवत्ता अग्नीप्रसाद सापकोटाले तीन दशकयता दशैं र तिहारमा टिका लाएका छैनन् ।

५० को दशकमा पार्टी नेतृत्वले दशैं नमनाउने भनेर गरेको निणर्यलाई उनले आजसम्म निरन्तरता दिएका छन् ।

यही कारणले हो सापकोटाले यस वर्ष पनि न आफूले टिका लाए न त अरुलाई नै लगाईदिए । यसरी उनले बितेका ३० वर्षयता दशैं तिहारमा टिका लगाउने र लगाईदिने गरेका छैनन् ।

जनयुद्धको तयारीको समयमा नै नयाँ ढंगले सामाजिक सांस्कृतिक क्रान्ति गर्ने भन्दै माओवादीले दशैं तिहार जस्ता पर्व परम्परागत रुपमा नमनाउने घोषणा गरेको थियो।

जनयुद्धको परिवर्तनपछि नेतृत्व तहले नै विस्तारै पर्व मनाउन थाले। नयाँ ढंगले सांस्कृतिक क्रान्ति गर्ने घोषणा गरेका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय भारत भ्रमण र पशुपतिमा गएर गरेको पूजाले नै त्यसलाई पुष्टि गर्छ।

सापकाेटा माओवादीले सुरु गरेको परिवर्तनको सहयात्रीलाई पार्टीले सत्तामा पुगेपछि विर्सिएकाे र पार्टीभित्र विचारको विकास नभएकै कारण माओवादी कमजोर भएको पनि बताउँछन् । 

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ४ : ५२ बजे