लि खछ्याङको निधनप्रति एमाले अध्यक्षद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनका पूर्व प्रधानमन्त्री लि खछ्याङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले स्वर्गीय खछ्याङको परिवार र चिनियाँ जनताप्रति समवेदना व्यक्त गर्दै सन् २०१६ मा नेपालले व्यहोरेको चुनौतीपूर्ण अवस्थाका बेला चीन सरकार र स्वर्गीय खछ्याङको महत्वपूर्ण सहयोगको स्मरण पनि गर्नुभएको छ ।

Profoundly saddened by the sudden demise of former Premier Li Keqiang. I have cherished memories of our meetings, particularly the one in 2016 during a challenging period for Nepal. My deepest and most heartfelt condolences go out to his family and the people of China. #LiKeqiang

— K P Sharma Oli (@kpsharmaoli) October 27, 2023

 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ११ : ३३ बजे