भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

मन्त्रीका छोरा सवार सरकारी गाडी दुर्घटना, मन्त्रालयको दबाबमा ढाकछोप

काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीका छोरा र निजी सचिव चढेको सरकारी गाडी दुर्घटनालाई ढाकछोप गरिएको छ।

शिक्षा मन्त्रालयको बिएबी ७३८५ नम्बरको स्कारपियो गाडी शनिबार बिहान ४ः३० बजे दक्षिणकाली मन्दिरबाट काठमाडौं आउँदै गर्दा एउटा अर्को कार र मोटरसाइकललाई ठक्कर दिइ दुर्घटना भएको थियो।

प्रहरीका अनुसार स्कारपियोमा राज्यमन्त्री कुमारीका छोरा राहुल रोय र उनका पिए विजय यादव चढेका थिए। स्कारपियोमा रहेका दुवैजनाले मापसे गरेको र स्कारपियोले नियन्त्रण गुमाएकाले अर्को कार मोटरसाइकललाई ठक्कर दिन पुगेको प्रहरी स्रोतले जनाएको छ।

गाडी र मोटरसाइकललाई ठक्कर दिएपछि उनीहरु दुवै जना पक्राउ परेका थिए। उनीहरु पक्राउ परेपछि गृहमन्त्रालयबाटै लगातार प्रहरीलाई मिलाई दिन र मिलापत्र गराइदिन दबाब दिइएको स्रोतले जनाएको छ। कारको ठक्करबाट स्कारपियोको आगाडिको भाग क्षति भएको छ।

त्यस्तै, मोटरसाइकल र कारमा पनि क्षति पुगेको छ। दुर्घटनालगत्तै प्रहरीले रोय र यादवलाई पक्राउ गरेको थियो। माथिको आदेशपछि प्रहरीले उनीहरुलाई आइतबार नै खुसुक्क मिलापत्र गराएर छाडेको छ।

‘उहाँहरु चढेको स्करपियो दुर्घटना भएको हो । दुईजनालाई हामीले नियन्त्रणमा लिएका थियौ, मानवीय क्षति थिएन, पीडितहरुले मिलापत्र गरौ भनेपछि उहाँहरुलाई कागाज गराएर छाडिएको छ’, कीर्तिपुर वृत्तका प्रमुख डिएसपी राजु लामाले भने।

प्रहरीका अनुसार मोटरसाइकलमा अच्युत पाठक र दीपक थपलिया चढेका थिए भने कारमा रमेश श्रेष्ठ र प्रकाशमान श्रेष्ठ रहेका थिए। उनीहरु समान्य घाइते भएका थिए।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : ३७ बजे