भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

प्रचण्डको चीन भ्रमण : भैँसीको मासु बेच्न सहमति

काठमाडौं । नेपालबाट भैंसीको मासु चीन निर्यात गर्नका लागि स्वीकृति प्रक्रियालाई तीव्रता दिन चीन र नेपाल सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा सो सहमति भएको हो ।

मंगलबार बिहान सार्वजनिक संयुक्त वक्तव्यमा नेपालबाट भैंसीको मासु चीन निर्यात गर्नका लागि स्वीकृति प्रक्रियालाई तीव्रता दिने सहमति भएको हो ।

संयुक्त वक्तव्यमा चिनियाँ पक्ष नेपाली उत्पादनलाई चीन निर्यातमा सहजीकरण गर्न तयार भएको उल्लेख छ । हाल नेपालबाट चीनमा घाँस निर्यात हुँदै आएको छ ।  चीनले याक, नाक र च्याङ्ग्राको प्रजननका लागि पनि नेपाललाई सहयोग गर्ने भएको छ ।यस अघि प्रधानमन्त्री दाहालको भारत भ्रमणमा भारत सरकारले नेपाललाई दिएको १५ वटा मुर्रा राँगाको विषयले संसददेखि सडकसम्म चर्चाको विषय बनेको थियो । यो पटक दाहालको चीन भ्रमणमा भैँसीको मासु बेच्ने कुराले  प्राथमिकता पाएको हो । 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : २५ बजे