भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच बेइजिङमा भेटवार्ता नहुने

काठमाडौं । आसन्न चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यहाँका राष्ट्रपति सी चिनफिङबीच दुईपटक भेटवार्ता नहुने भएको छ।

यसअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग दुईपटक भेटवार्ता गर्ने अनुमान गरिएकामा एकपटक मात्र हुने भएको हो। चिनियाँ सहर हाङ्जाओमा आयोजित १९औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको यही असोज ६ गते हुने उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कबाट सीधै चीन पुग्दै छन्। हाल प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणमा छन्।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री प्रचण्डको भेट हाङ्जाओमा मात्र हुनेछ।   

त्यसपछि प्रचण्ड चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने छन्। बेइजिङमा उनले चिनियाँ समकक्षी ली छिन, राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

यसअघि हाङ्जाओपछि बेइजिङमा पनि प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सीसँग भेटवार्ता हुने अनुमान गरिएको थियो। तर परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बेइजिङमा राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता हुने उल्लेख छैन। 

यसै बीच असोज ६ देखि १३ सम्म आठ दिन हुने प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको टोली सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार भ्रमण टोलीमा गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिद्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायत छन् ।

अमेरिकाबाट सिधै चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ समकक्षी ली छ्याङसहित शीर्ष नेतृत्वसँग भेटवार्ता गर्नेछन् । 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  २ : ४२ बजे