भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

भारत क्यानडा तनाब ल्याउने के हो ? खालिस्थानी आन्दोलन को हुन् मारिएका हरदीप ?

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडामा एक सिख नेताको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाएसँगै भारत क्यानडा सम्बन्धमा तनाब उत्पन भइरहेको छ । गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो।

क्यानडाको गुप्तचर निकायले निज्जरको मृत्युमा भारत सरकारको हात रहेको बताएसँगै यत्तिखेर दुई मुलुकको सम्बन्मा तनाब उत्पन्न भएको छ । मङ्गलवार भारतको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् ट्रूडोका दाबीहरूको खण्डन गरेको छ।

क्यानडामा भएको हिंसाको घटनामा भारत सरकारको संलग्नताबारे लगाइएका आरोपहर निरर्थक भएको भारतले बताएको हो ।  भारतले क्यानडाले. खालिस्तानी आतङ्कवादी र चरमपन्थीहरू अतिवादीहरूलाई शरण दिएको आरोप लगाएको छ । कालिस्थानी नेताको हत्या र क्यानडा भारतको तनाबले यत्तिखेर खालिस्थानी आन्दोलन के हो भन्ने जिज्ञासा लाग्न सक्छ । आउनुहोस् खालिस्थानी आन्दोलन बारे केही चर्चा गरौं । 
 

के हो  खालिस्थानी आन्दोलन

पछिल्ला दिनमा भारतमा निकै कम सुनिए पनि शिख समुदायको पृथकतावादी खालिस्तान आन्दोलनको इतिहास निकै लामो छ । जसको प्रमुख उद्देश्य भारतको पञ्जाबलाई अलग शिख देश बनाउनु हो । खालसाको अर्थ शुद्ध र खालिस्तानको अर्थ शुद्ध स्थान हो । ​​​​​​​

खालिस्तान आन्दोलन बुझ्न शिख धर्मलाई बुझ्नुपर्छ । १५औँ शताब्दीमा गुरु नानकले शिख धर्म सुरु गरेपछि यसका १० गुरुमध्ये अन्तिम गुरु गोविन्द सिंहले खालसा पन्थको सुरुवात गरेका थिए । शिखहरूले मुगल र पछि ब्रिटिसहरूको दमनको सामना गर्नुपर्‍यो । सन् १८४९ मा अंग्रेजसँगको हारपछि शिख साम्राज्य केही टुक्रामा विभाजित भयो ।  

ब्रिटिस साम्राज्यको पतन अघिदेखि नै अलग शिख राज्यको माग उठेको थियो । अलग शिख राज्यको माग गर्नेमध्ये सबैभन्दा पहिलो समूह शिरोमणि अकाली दल थियो । सन् १९४७ मा यो माग आन्दोलनमा बदलियो । भारतलाई ब्रिटिस उपनिवेशबाट मुक्त गराउन हिन्दु, मुस्लिम र शिख समुदायले मिलेर संघर्ष गरे पनि स्वतन्त्रतापछि हिन्दु बहुल देश भारत र मुस्लिम बहुल देश पाकिस्तान बने । तर, स्वतन्त्रताको लडाइँ लडेका शिखहरूले केही पनि पाएनन् । बरु स्वतन्त्रतापछि पञ्जाबलाई विभाजित गरियो । 

सन् १९६६ मा इन्दिरा गान्धी सरकारले पञ्जाबलाई शिख बहुल पञ्जाब, हिन्दी भाषीको हरियाणा र चन्डीगढका रूपमा तीन भागमा विभाजित गर्‍यो भने केही हिमाली क्षेत्र हिमाचल प्रदेशमा मिलाइयो । सन् १९४७ पछि प्रवासी शिख, पाकिस्तानको गुप्तचर निकाय आईएसआईको समर्थनमा पञ्जाबमा यो आन्दोलन चर्किन थाल्यो । 

खालिस्तान आन्दोलन एक सिख पृथकतावादी आन्दोलन थियो जसको उद्देश्य सिखहरुको लागी एक अलग सार्वभौम राष्ट्र खालिस्तान (खालसे भूमि) को निर्माण गर्नु थियो। खालिस्तान को प्रस्तावित राष्ट्र पञ्जाब, हिमाचल प्रदेश, दिल्ली र चण्डीगढ को वर्तमान भारतीय राज्यहरु शामिल थिए। 

एक अलग सिख राष्ट्रको लागी मांग ब्रिटिस साम्राज्य को पतन पछि शुरू भयो। सन् १९४० मा पहिलो पटक खालिस्तानको नाम "खालिस्तान" नामक पम्फलेटमा उल्लेख गरिएको थियो। सन् १९४७ पछि खालिस्तान आन्दोलन भारतीय पञ्जाब राज्यमा आप्रवासी सिखहरुको आर्थिक र राजनैतिक सहयोग र पाकिस्तानको समर्थनमा फस्टायो र सन् १९८० को दशकसम्म आन्दोलन चरम सीमामा पुग्यो। जगजीत सिंह चौहानका अनुसार सन् १९७१ को भारत पाकिस्तान युद्ध पछि पाकिस्तानी प्रधानमन्त्री जुल्फिकार अली भुट्टोले जगजित सिंह चौहानसँगको कुराकानीको क्रममा खालिस्तान बनाउन सहयोग गर्ने प्रस्ताव राखेका थिए। 

सन् १९८४ को दशकमा विद्रोह सुरु भयो, जो १९९५ सम्म चलेको थियो, यो चरमपन्थीलाई कुच्नको लागी, भारत सरकार र सेनाले अपरेशन ब्लू स्टार, अपरेशन वुड रोज, अपरेशन ब्ल्याक थन्डर र अपरेशन ब्ल्याक थन्डर २ सञ्चालन गरे, यी कार्यहरुका कारण, चरमपन्थ धेरै हदसम्म समाप्त भयो यो भयो तर धेरै नागरिकहरु यसमा मरे र भारतीय सेनालाई मानव अधिकार उल्ल्घनको आरोप लगाइयो। भारी पुलिस र सैन्य कारबाही र यस आन्दोलनसंग एक ठूलो सिख जनसंख्याको निराशाको कारण, आन्दोलन १९९० द्वारा कमजोर हुन थाल्यो, जसको कारण आन्दोलन आफ्नो उद्देश्य सम्म पुग्न असफल भयो र समाप्त भयो।

केही भारतीय सिख र प्रवासी सिखहरु अझै पनि अपरेशन ब्लू स्टार को दौरान नागरिक हताहतको बिरोधमा खालिस्तानको समर्थन गर्छन्। सन् २०१८ को शुरुमा पञ्जाब पुलिसले केही आतंकवादीहरुलाई पक्राउ गरेको थियो। पन्जाबका मुख्यमन्त्री अमरिंदर सिंहले दाबी गरेका थिए कि हालको चरमपन्थीलाई पाकिस्तानको इन्टर-सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) र अमेरिका, क्यानडा र बेलायतका "खालिस्तानी अलगाववादी" द्वारा समर्थन छ। 

सन् १९७१ मा जगजित सिंह चौहानले अमेरिकामा गएर चन्दा संकलन गरी खालिस्तानको आन्दोलन सुदृढ गर्ने कोसिस गरेका थिए । सन् १९९० मा उनले खालिस्तान राष्ट्रिय परिषद् बनाए र आफैँलाई यसको प्रमुख घोषणा गरे । उनले लण्डन पुगेर खालिस्तान देश बनाउने घोषणा गरे । खालिस्तान राष्ट्रिय परिषद्‌का महासचिव बलवीर सिंह सिद्दुसँग मिलेर उनले हुलाक टिकट र मुद्रासमेत छापे । 

सन् १९८२ मा खालिस्तानका कट्टर पृथकतावादी सन्त जरनैल सिंह भिन्डरवान्लेले शिरोमणि अकालीसँग हात मिलाए र असहयोग आन्दोलन सुरु गरे । विस्तारै आन्दोलन सशस्त्र विद्रोहका बललियो । यस क्रममा जसले भिन्डरवान्लेको विरोध गर्‍यो, उनीहरू हिट लिस्टमा पर्न थाले । यही क्रममा पञ्जाब केशरीका संस्थापक लाला जगत नारायणको हत्या भयो । 

त्यसैबेला प्रधानमन्त्री इन्दिरा गान्धीका छोरा सञ्जय गान्धीले अकाली दलको बढ्दो प्रभावको सामना गर्न भिन्डरवान्लेको समर्थन गरेका थिए । प्रधानमन्त्री इन्दिरा गान्धीको निर्देशनमा स्वर्ण मन्दिरमा लुकेर बसेका बेला उनको अपरेशन ब्लु स्टारमा हत्या भयो । भिन्डरवान्ले तिनै नेता थिए, जसले १९८० मा इन्दिरा गान्धीको सत्तामा पुनरोदय भएको चुनावमा कांग्रेसको प्रचार गरेका थिए ।

१० जुन, १९८४ मा अपरेशन समाप्त हुँदासम्म करिब ३ हजार मारिएको शिख संगठनको दाबी छ । अपरेशनमा निर्दोष शिखको हत्या गरेपछि अमरिन्दर सिंहसहित केही शिख नेताले कांग्रेसबाट राजीनामा दिए । खुशवन्त सिंहसहितका लेखकले सरकारले दिएको पुरस्कार फिर्ता गरे । खालिस्तानको माग दबाउन भारतले अपरेशन ब्लु स्टार, अपरेशन वुड रोज, अपरेशन ब्ल्याक थण्डर १ र अपरेशन ब्ल्याक थण्डर २ चलायो । 

अपरेशन ब्लु स्टारको चार महिनापछि ३१ अक्टोबर, १९८४ मा दुई शिख युवाले गोली हानी प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भयाे । इन्दिरा गान्धीको हत्यापछि दिल्लीमा भएको शिखविरोधी हिंसामा ८ हजार भन्दा बढी शिखको हत्या भयो । त्यसको एक वर्षपछि २३ जुन, १९८५ मा क्यानडामा रहेका खालिस्तान समर्थकले एयर इन्डियाको विमानमा बम राखेर उडाउँदा ३२९ जनाको मुत्यु भयो । १० अगस्ट, १९८६ मा अपरेशन ब्लुस्टारको नेतृत्व गरेका पूर्वसेना प्रमुख जनरल एएस वैद्यको पुणेमा हत्या गरिदिए । ३१ अगस्ट, १९९५ मा आत्मघाती हमलाकारीले विस्फोट गराउँदा पञ्जाबका मुख्यमन्त्री बेअन्त सिंहको मृत्यु भयो । यी घटनलाई भिन्डरवान्लेको हत्याको बदलाका रूपमा लिन्छन् । भिन्डरवान्लेलाई खालिस्तान आन्दोलनको अनुहार मानिन्छ । 

तर, यो आन्दोलनको जरा विदेशमा फैलिएको थियो । जगजित सिंह चौहानले भिन्डरवान्लेको हत्यापछि यो आन्दोलन बचाउने कोसिस गरे । त्यसको एक दशक पञ्जाब अशान्त बन्यो । चौहानको २००७ मा मृत्यु भयो । त्यसपछि खालिस्तान आन्दोलनको आगो करिब-करिब निभेको थियो । तर, जब भारतमा शिखमाथि दमन हुन्छ, तब विदेशमा खालिस्तान आन्दोलन चर्किन सुरु हुन्छ । यतिबेला यही खालिस्तान आन्दोलनले भारतलाई झस्काएको छ । भारतकाे खुबिया एजेन्सीले  शिख नेता हरदीप सिंह निज्जरकाे केही दिन अघि हत्या गरेकाे विषयले याे आन्दाेलन पुन: चर्चाामा छ ।  

मारीएका हरदीप को हुन ? 

​​​​​​​

खालिस्थान टाइगर र्फोसका प्रमुख थिए  हरदीप सिंह निज्जर । उनी जालंधरको भारसिंह पुरा गाउँका बासिन्दा थिए। उनी सन् १९९६ मा क्यानाडा गएका थिए । 'खलिस्तानी टाइगर फोर्स' बाहेक, हरदीप सिंह निज्जर सिख फर जस्टिस (SFJ) को क्यानडा शाखाका प्रमुख पनि थिए।

उनी क्यानडाको सिख समुदायमा नेताको रूपमा परिचित थिए ।  उनी ब्रिटिश कोलम्बियाको सरे सहरमा रहेको गुरु नानक गुरुद्वाराको प्रमुखका रूपमा निर्विरोध निर्वाचित भएका थिए । त्यसपछि नै उनले क्यानडामा ठूला सिख नेताका रूपमा प्रसिद्धी पाएका थिए । यीनकै नेृत्वमा खालिस्थान टाइगर र्फोस गठन भएको थियो । 

 

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ४ : ३४ बजे