भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

अमेरिका जानुअघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।साथै भेटवार्तामा समसामयिक विषयमा पनि छलफल भएको बताइएको छ ।

 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  २ : ३१ बजे