भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

भारत जाँदै बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज शनिबार भारत भ्रमणमा जाँदैछन् ।

एक साता लामो भ्रमणका लागि भट्टराई शनिबार भारत प्रस्थान गर्न लागेका उनको सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्ने उनको सचिवालयले जनाएको छ ।

भारतका मुख्य सहरहरू गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा आयोजित कार्यक्रममा सहभागी भएर उनी असोज ५ गते स्वदेश फर्कने बताइएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १२ : ३७ बजे