भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

प्रधानमन्त्रीको भ्रमणअघि मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ। आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार न्युयोर्क जाँदै हुनुहुन्छ ।

त्यसबारेमा जानकारी गराउन र समसामयिक विषयमा निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो ।  

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ९ : ४६ बजे