सशस्त्र प्रहरीका १२ जना सम्पर्कविहीन

काठमाडौं । सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालयले १२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएको जनाएको छ ।

कार्यालयले मंगलबार एक सूचना जारी गर्दै केहि समयदेखि बिदामा गएका र आफुखुसी ब्यारेक छाडेर सम्पर्कविहीन हुने १२ जना सम्पर्कविहीन रहेको जनाएको हो । सम्पर्कविहीन हुनेहरूमा दुई जना हवल्दार र १० जना जवानहरू रहेका छन् ।

सम्पर्कविहीन हुनेहरूमा छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत हवल्दार त्रियुगा नगरपालिका-१६ का ध्रुवकुमार बस्नेत, बिओपी टेपरी बर्दियामा कार्यरत हवल्दार बाँसगढी-३ का हरि किसुन थारु रहेका छन् भने जवानहरूमा झापाका  प्रेम बुढाथोकी, उदयुपुरका गायत्रा बोहरा, मोरङका लिलाबहादुर लिम्बु, हुम्लाका बिरजन रोकाया, सिरहाका संतोषकुमार यादव, दैलेखका सुरेश थापा, दैलेखकै भरतबहादुर खड्का, बैतडीका दीपकराज कपाडी, नुवाकोटका प्रविन तामाङ र कैलालीका अमानत शेष रहेका छन् ।

सम्पर्कमा नआए १२ जनालाई सात दिनभित्र गैरहाजिर हुनुको कारणसहित सम्पर्कमा आउन अनुरोध गरेको छ । सम्पर्कमा नआए कारबाही प्रक्रिया बढाउने सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ७ : ४१ बजे