राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नु भएको छ ।

संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शितल निवासमा बोलाइएको राष्ट्रपतिका प्रेस सल्लाहका किरन पोखरेलले जानकारी दिनु भयो। उहाँका अनुसार बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ। 

संघीय संसद्‌मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाउनु भएको हो ।

बैठकमा प्रधानमन्त्री र सभामुखका साथै शीर्ष नेताहरु र प्रमुख सचेतक, सचेतकलगायतको  सहभागिता रहनेछ । 

सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय न्यायिक छलफल गठनको माग राख्दै गत साउन १० देखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ। यो बीचमा विभिन्न तहमा छलफल भएपनि सहमति जुट्न नसकेपछि राष्ट्रपतिले अग्रसरता देखाएका हुन् । 

आजैमात्रै पनि प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा सर्वदलीय बैठक राख्नु भएको थियो । तर उक्त बैठक निष्कर्षविहीन बनेको थियो। 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १० : १६ बजे