यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

शरणार्थी प्रकरण: सकियो टेकनारायणसहित १० जनाको निवेदनमाथिको सुनुवाइ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेलसहित १० जनाको निवेदनमाथिको सुनुवाइ सकिएको छ।उच्च अदालत, पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा  सचिव पाण्डेलगायत थुनामा रहेका १० जनाको सुनुवाइ सकिएको हो।

सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री समेत रहेक‍ा नेकपा एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझी लगायतको निवेदन भने पेसीमा चढेको छैन।

उच्च अदालतले काठमाडौं जिल्ला अदालतसँग माग गरेको कैफियत प्रतिवेदन नआइपुगेको कारण उनीहरूको निवेदन  पेसीमा नचढेको हो।

यस्तै, बिहीबारको पेसीमा निलम्बित सचिव पाण्डे, पूर्व सुरक्षा सल्लाहकार डा‍ . इन्द्रजित राई, नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मिया र गोविन्द चौधरीको निवेदनमाथि सुनुवाइ सकिएको छ।

उच्च अदालतले उनीहरूको निवेदनमा सुनुवाइ सकेपछि धरौटी लिएर थुनामुक्त गर्ने वा थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नेबारे आदेश दिनेछ। थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उनीहरू उच्च अदालत पाटन पुगेका थिए।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  २ : ३१ बजे