यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सन्दीप विरुद्धको मुद्दा न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको पेसी आजको लागि तोकिएको छ ।

पेसी सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासमा परेको छ । अन्तिम सुनुवाइ भनिएको यस पेसीमा कुनै फेरबदल नआए आजै लामिछानेको मुद्दाको किनारा लाग्नेछ ।

लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा हाल २४ पटक पेसी चढिसकेको छ । सर्वोच्च अदालतले उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भनी आदेश दिएपनी जिल्ला अदालतका न्यायाधीशहरुले तदारुकता नदेखाएपछि विभिन्न बहानामा पेसि सर्दै आएको छ । अदालतले बिहिबारलाई अन्तिम सुनुवाइको मिति भनेको छ । आज मुद्दाको सुनवाइ भएन भने सन्दीपको एसिया कप प्रभावित बन्न सक्छ ।

नेपाली क्रिकेट टीमले अगष्ट ३० ९भदौ १३ गते० बाट सुरु हुने एसिया कप क्रिकेट खेल्दैछ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले यसअघि नै स्पिनर सन्दीपसहित एसिया कप खेल्ने १७ सदस्यीय टोलीको नामको घोषणा गरिसकेको छ ।

सन्दीपको उत्कृष्ट प्रदर्शनमा नै नेपालले विश्वकपको ग्लोबल क्वालिफायरमा पुर्‍याउन, एक दिवसीय मान्यता कायम राख्न तथा एसीसी प्रिमियर लिग जित्दै एसिया कपमा स्थान बनाएको थियो । उनले हालै क्यानडामा आयोजित ग्लोबल टी–२० मा सर्रे जगुअर्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ११ : २८ बजे