यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले आगामी असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ।

कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुन लागेको हो । 

बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेका छन् ।

कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंग्रेजीमा ननग्रेड भएका छन्। यो विषयमा १ लाख ९ हजार ५२७ जनाको ननग्रेड भएका छन् । कक्षा १२ मा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उतीर्ण हुने व्यवस्था गरिएको छ।

नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ। त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन पनि सक्ने परीक्षा नियन्त्रक अर्यालले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : ५१ बजे