यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सुन गालेर सकियो, केहीबेरमा तौल सार्वजनिक गरिने

काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गालेर सकिएको छ । अब २ घण्टापछि सुनको तौल सार्वजनिक गरिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा आज बिहान साढे १० बजेबाट सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्न सुरु गरेको थियो ।

यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान गरिएको छ ।

सुन गालेर सकिएसँगै त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले जनाए ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १ : ०९ बजे