यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

त्रिभुवन विमानस्थलबाट बरामद सुन गाल्न सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु गरिएको छ ।

बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो । 

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न सुरु गरिएको हो ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामंगल भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो ।उक्त सुन जोख्नका लागि नेपाल राष्ट्र बैंकको बबरमहलस्थित कार्यालयमा ल्याएर राखिएको थियो ।

सोमबार ब्रेक शु छुट्याएर सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको  राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर अर्यालले बताउनुभएकाे  छ ।

सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १२ : ११ बजे