यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

अपरेशन ‘फोक्सट्रोट चार्ली’ : सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ

काठमाडौं – सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनका लागि उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट रहेको बुझिएको छ । उनीहरु सिटिजन्स बैंकअन्तर्गत विभिन्न शाखाहरुमा कार्यरत रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

नक्कली शैक्षिक प्रमाणपत्रको बारेमा प्रहरीले ‘फोक्सट्रोट चार्ली’ अपरेसन चलाइरहेको छ। 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : ४१ बजे