यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

संखुवासभा कैदी मृत्यु प्रकरण : ६ दिनपछि आफन्तले शव बुझे

खाँदबारी ।  सुरक्षा घेराभित्र कुटपिटबाट मृत्यु भएका दुईजना कैदीको शव आफन्तले बुझेका छन् ।

संखुवासभाको मादी नगरपालिका–५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको शव आफन्तले ६ दिनपछि बुझेका हुन् । 

शनिबार किटानी जाहेरीपछि शवको पोस्टमार्टम भएको थियो । घटनामा संलग्लाई सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । जाहेरीका आधारमा आइतबार प्रहरीले कारागारमा रहेका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेका नाममा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ । 

प्रहरीले प्रहरी नियन्त्रणमा रहेका चौधरीलाई पहिलो पटक पाँच दिनका लागि म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सरोज खनालले जानकारी गराए । कारागारका निमित्त प्रमुख घिमिरे र असई चौधरीको नाम सार्वजनिक गरेपछि सोमबार शव बुझेका हुन् । 

घटनामा संलग्न बसैलाई कारबाही गर्ने आस्वासन सुरक्षा निकायबाट पाएपछि ६ दिनपछि आफन्तले शव बुझेका हुन् । घटना भएो ६ दिन वितिसक्दा समेत छानबिन टोलीले दोषीलाई सार्वजनिक गर्न सकेको छैनन् । सुरक्षा घेराभित्रै भएको घटनाको दोषी सार्वजनिक हुन नसक्दा छानबिनमा आशंका उब्जिएको पीडितका परिवारले बताएका छन्।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  २ : २३ बजे