यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

खहरे खोला खोल्न महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेको छ ।

शुक्रबार साँझ काठमाडौं महानगरपालिका-७ र बूढानीलकण्ठ-१० को सीमानामा रहेको सात तले चोकनजिक खहरे खोला खोल्न काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो ।

हिजो बिहानदेखि दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकेको थिएन । आज दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि  खाेला खाेल्ने सहमति भएपछि डोजर चलाएको काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

उनीहरूबीच साततल्ले चोक जस्तको तस्तै राख्ने, सिमाना र खहरेको भाग समेत छुट्याउने लगायतका सहमति भएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ६ : १६ बजे