यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सुन तस्करी प्रकरण : व्यापारी अडुकिया पक्राउ

काठमाडौँ । करिब १०० किलो सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

शुक्रबार दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिनुभयाे  । उनी व्यापारी राजेश अकुडियाका छोरा हुन् । 

अडुकिया इन्डिगो एअरको विमानबाट नयाँ दिल्ली हुँदै नेपाल आइरहेका थिए। 

असार ३० मा हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्स हुँदै काठमाडौं ल्याइएको ‘ब्रेक प्याड’भित्र राखेर सुन तस्करी हुँदा राकेश अकुडिया पनि मुछिएका छन् । प्रहरीले उनलाई खोजिरहेको बेला छोरा  पक्राउ परेका हुन् ।   सुन तस्करी प्रकरणमा नाम जोडिएपछि राकेश भने फरार छन् । 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ३ : १३ बजे