सीआइबीको फक्सट्रट चार्ली अपरेसन : थप एक चिकित्सक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले देशभर फक्सट्रट चार्ली अपरेशन चलाएर नक्कली शैक्षिक प्रमाणपत्र लिने चिकित्सकहरूलाई पक्राउ गर्ने क्रम जारी राखेको छ ।

शुक्रबार सीआइबीले अपरेशन मार्फत नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ। सिआइबीले काठमाडौँबाट थप एक जना चिकित्सकलाई पक्राउ गरेको सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुमेरू सिटी हस्पिटलकी डा पुनम थापा चौधरी पक्राउ परेकी हुन्। उनलाई काठमाडौँस्थित घरबाट पक्राउ गरेको हो।

यसरी पक्राउ पर्नेको संख्या ८ पुगेको छ। सिआइबीले मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित कांग्रेस सांसद सुनिल शर्मालाई पनि पक्राउ गरेको छ।

नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह, डा अमित चौधरी, डा श्रद्धा शिल्पकार र डा मनित चौधरी पनि पक्राउ परेका छन्।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १ : ३१ बजे