सांसद शर्माको पक्राउ पुर्जीमा यस्ताे रहेछ( पुर्जीसहित)

​​​​​​​काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दिउँसो उनकै निवासबाट पक्राउ गरेको छ । 

सुरुमा सीआईबीले पक्राउ पुर्जीबारे जानकारी नदिएको भए पनि पछि भने उनलाई पक्राउ गर्नाको कारणबारे पुर्जी दिएको थियो । 

सो पुर्जीमा लिखत सम्बन्धी कसूरमा अनुसन्धानको सिलसिलामा पक्राउ गर्न परेको उल्लेख गरिएको छ ।

लिखतमा भने केही खुलाइएको छैन । प्रहरी निरीक्षक गणेशप्रसाद जोशीले पक्राउ पुर्जी जारी गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ६ : ४९ बजे