ललिता निवास प्रकरण : विजय गच्छदारसहित चार पूर्व मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । ललिता निवास प्रकरणमा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारसहित चार पूर्व मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतले गच्छदारसहित तत्कालीन मन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र सञ्जय साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

केन्द्रीय अनुसन्धान (ब्युरो) सीआईबीका अनुसार उनीहरूविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको थियो । सीआईबीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा उनीहरूलाई प्रतिवादी बनाइएको थियो । अहिलेसम्म यो प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ, जसमा ४ पूर्व सचिव छन् । पूर्व मन्त्रीहरू विरुद्ध भने पहिलो पटक पक्राउ पुर्जी जारी भएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १० : २२ बजे