अब पुलिस रिपोर्ट प्रमाणीकरण घरबाटै

काठमाडौँ   । अबदेखि पुलिस रिपोर्ट प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग धाइरहनुनपर्ने भएको छ । विभागले प्रहरीले प्रदान गरेको चारित्रिक प्रमाणपत्र अनलाइनबाटै प्रमाणीकरण गरिदिने व्यवस्था गरेको हो । विभागले आइतबारदेखि सो सेवा सुरु गरेको हाे । आइतबार विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अनलाइनबाटै पुलिस रिपोर्ट प्रमाणीकरण सेवाको शुभारम्भ गरे । 

विभागले सो सेवालाई अनलाइनबाट प्रवाह गर्ने भएपछि अब विभागमा दैनिक लाग्ने भीड कम हुने भएको छ ।

विभागका अनुसार प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने सेवा सुरु भएपछि अब दैनिक करिब १६ सय सेवाग्राही प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १ : ५६ बजे