काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदी प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार ११ : ४६ बजे
प्रतिक्रिया