यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य १२० रुपैयाँ, टनेल गोलभेँडा सानो ८०, घिउ सिमी लोकल २५, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, आलु सेतो ३४, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ४५, लौका ४० कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३६० रुपैयाँ, गाजर ११०, बन्दा लोकल १०, मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, टाटे सिमी ८०, ब्रोकाउली ८०, कागती १३० रुपैयाँ, भिण्डी ३५, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, लोकल काँक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ३००, केरा दर्जनको १४०, अनार ३०० रुपैयाँ, नास्पाती ७०, आभोकाडो ५५० रुपैयाँ, कालो अङ्गुर ५००, किवी ७५०, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा (मुंगरी)० २८० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १८०, हरियो धनियाँ १००,लसुन हरियो ९०, खुर्सानी सुकेको ४५०,नेपाली लसुन २१०, चाइनिज लसुन २७०, रुख कटहर ३५, भेडे खुर्सानी प्रतिकेजी ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १० : ५४ बजे