झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटार भेटवार्ता 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटार भेटवार्ता भएको छ ।

संवैधानिक परिषद् बैठक बोलाउने तयारी भइरहेका बेला अध्यक्ष ओली र प्रधानमन्त्री  दाहालबीच भेटवार्ता भएको हो।

आइतबार पनि अध्यक्ष ओलीले प्रचण्डलाई भेटेर संवैधानिक परिषद् बैठक डाँकी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन दबाब दिनुभएको थियो ।

सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जान केही दिन मात्रै बाँकी रहँदा पनि नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढ्न सकेको छैन । जसका कारण फेरि सर्वोच्च कामूको भरमा चल्ने वातावरण सिर्जना भइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १० : ४५ बजे