झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

प्रतिनिधिसभा बैठक बस्दै

​​​​​​​काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दै छ ।  

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन हुनुभएको जानकारी गराउनुहुने छ । 

यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने छ । साथै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेस गर्नेछन् ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ७ : ३३ बजे