१ क्विन्टल सुन तस्करी प्रकरण: ठमेलको भियना होटलका सञ्चालक पक्राउ

काठमाडौं । १ क्विन्टल सुन तस्करी प्रक्ररणमा राजस्व अनुसन्धान विभागले थप एक जनालाई पक्राउ गरेको छ ।

राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा काठमाडौंको ठमेलस्थित भियाना होटलबाट शनिबार राति तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई पक्राउ गरेको हाेछ । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र हुन् । उनी यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए ।

 होटलका सञ्चालक छिरिङलाई आइतबार बिहान विभागले पक्राउ गरेको हो । सो होटल उनको उनकी श्रीमतीको नाममा छ ।

विभागले सो होटलबाट सिसिटिभी फुटेज र कम्प्युटर पनि जफत गरेर अनुसन्धान सुरु गरेको हो । हंङकङबाट तस्करी भएर नेपाल आएको ठूलो परिमाणको सुनमा छिरिङलाई कनेक्सन देखिएपछि विभागले पक्राउ गरेको हो । स्रोतका अनुसार छिरिङको नेपालका केही उच्च नेताहरुसँग राम्रो हिमचिम छ । 

यसैबीच शनिबार राति टोखाको एक प्रिफ्याब हाउसमा छापा मारेर विभागले केही सामान बरामद गरेको छ । सुन पगालेर अरु नै वस्तुको स्वरुपमा भारत लैजान प्रयोग गरिएको हुन सक्ने टोखामा भएको छापाबाट खुलेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १ : ३२ बजे