झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

नारायणगढ- मुग्लिन सडक फेरि अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा आज बिहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । 

पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । 

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उहाँले बताउनुभयो । पहिरोका कारण यस सडक खण्ड पटक(पटक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ११ : ३८ बजे