यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, टनेल गोलभेँडा सानो ७०, घिउ सिमी लोकल ३०, कुरिलो प्रतिकेजी ४००, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ४० कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ, गाजर ११०, बन्दा लोकल १०, मूला रातो ३०, भन्टा लाम्चो २५, मकै बोडी ५०, टाटे सिमी ७०, ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी ४०, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ४०, तामा ११०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जनको १४०, अनार ३०० रुपैयाँ, नास्पाती ७०, एभोकाडो ५०० रुपैयाँ, कालो अङ्गुर ५३०, किवी ८००, हरियो खुर्सानी अकबरे ३५० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा ९मुंगरी० ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै, मालदह आँप १६०, हरियो धनियाँ १००, लसुन हरियो ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २००, चाइनिज लसुन २६०, रुख कटहर ४०, भेडे खुर्सानी ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १० : १३ बजे