भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

चिनियाँ बस्ने घरमा राजश्व विभागको छापा

काठमाडौं । आन्तरिक राजश्व विभागले चिनियाँ नागरिकले भाडामा लिएको लाजिम्पाटस्थित एक घरमा छापा मारेको छ। 

 

एक क्विन्टल सुन तस्करी प्रकरणमा साउन ४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका चिनियाँ लिङ चुवानले भाडामा लिएको उक्त घरमा विभागले बिहीबार छापा मारेको हो। उक्त घरबाट विभागको टोलले महत्त्वपूर्ण कागजात र केही सामग्री बरामद गरेको जनाएको छ। 

 

केही बाकसहरुसमेत बरामद गरिएको र उक्त बाकसमा सुन छ कि छैन भन्ने खुलाइएको छैन। 

 

विभागले बुधबार मात्रै सुन ल्याउने रेडी ट्रेडर्स कम्पनीको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेको थियो। त्यहाँ ब्रेक शु बरामद भएको थियो।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ८ : ५२ बजे