काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशभित्रै सार्वजनिक सवारीसाधनको भाडा घटेको छ ।
आजदेखि लागू हुने गरी बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको हो । पेट्रोलियम पदार्थको मूल्यसँगै प्रदेश सरकारले भाडा समायोजन गरेको हो ।
प्रदेशभित्र चल्ने लामोदूरीका यात्रुबाहक सवारी साधनको भाडादर २.३० प्रतिशतले घटेको छ भने प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ ।
यस्तै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ ।
प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार २ : ३६ बजे
प्रतिक्रिया