भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

एलओडीमा नाबालिगलाई प्रवेश गराएको आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । ठमेलको चर्चित नाईट क्लब लर्ड अफ ड्रिकस् ( एलओडी ) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविन श्रेष्ठसहित ३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

एलओडीमा प्रवेश गरेकी १५ वर्षीया बालिकाको सानेपामा बलात्कृत भएपछि नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा पिडितको परिवारले जाहोरी दिएका थिए ।

यस प्रकरणमा क्लबका फ्रन्ट अफिस म्यानेजर २७ वर्षीय सहदेव सेढाई र कर्मचारी २३ वर्षीया सपना ढुंगाना पक्राउ परेका थिए । सीईओ रविन भने फरार छन् ।

उनीहरूविरुद्ध बालबालिकाविरुद्ध कसुर गरेको आरोप लगाइएको छ । सरकारी वकिलले उनीहरुलाई ५० हजार रूपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय माग गरेका छन् ।

प्रहरीले घटनाबारे छानबिन गर्न एलओडीका दुईजना सञ्चालकलाई समेत पक्राउ गरेको थियो । तर, सरकारी वकिलले उनीहरूलाई हाजिरी जमानीमा छोडेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ५ : २७ बजे