यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

बढ्यो सुनको मूल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । आज   छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ११ : ४२ बजे