काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ ।
आज प्रतिनिधिसभाको बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२:०० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ः०० बजे बस्दै छ ।
प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गर्न दलको बैठक बोलाइएको हो ।
आजको प्रतिनिधिसभाको बैठकमा विशेष गरी १०० किलो सुन बरामदबारे पार्टीले उठाउनुपर्ने विषयका सम्बन्धमा बैठकमा छलफल हुने बुझिएको छ ।
प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १० : ५१ बजे
प्रतिक्रिया