झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

सुन प्रकरणलाई लिएर एमालेले संसद्मा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने

काठमाडौँ । नेकपा एमालेले सुन प्रकरणलाई लिएर संसद्मा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने भएको छ । 

एमालेले सुन प्रकरणलाई लिएर आज दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने भएको हो । 

एमाले संसदीय दलका प्रमुख सचेतक पदमराज गिरिले अवैध सुन प्रकरणमा गृह र अर्थमन्त्रीको संलग्नता रहेको भन्दै सो कुरा संसद्मा राख्ने बताउनुभयो । त्रिभुवन विमानस्थलबाट करिब एक सय किलो सुन भित्रिएपछि त्यसमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको एमालेले बताउँदै आएको छ । 

प्रमुख सचेतक गिरिले भन्नुभयो,  ‘अवैध सुन तस्करीको गृह र अर्थमन्त्रीले जिम्मा लिनुपर्छ । उहाँहरूको संलग्नतामा कर्मचारीको सेटिङ भएपछि सुन तस्कर भएको हो । यसको जिम्मेवारीबाट दुई मन्त्री भाग्न पाइँदैन, पच्छिन पाइँदैन । उहाँहरूले जिम्मेवारी लिनुपर्छ । यी विषय सदनमा हामी राख्छौँ ।’

प्रमुख सचेतक गिरिले संसद् अवरोध गर्ने वा नगर्ने अहिले कुनै निर्णय नभएको बताउनुभयो । उहाँले परिस्थिति अनुसार संसद् अवरोध हुन पनि सक्ने बताउनुभयो ।

 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १० : ४० बजे